Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सुकुम्बासी बस्तीमा महानगरले डोजर लिएर गएकोमा बृहत् नागरिक आन्दोलनद्वारा घोर भर्त्सना

    सुकुम्बासी बस्तीमा महानगरले डोजर लिएर गएकोमा बृहत् नागरिक आन्दोलनद्वारा घोर भर्त्सना

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । बृहत् नागरिक आन्दोलनले थापाथलीस्थित सुकुम्बासी बस्तीभित्र काठमाडौं महानगरपालिकाले डोजर लिएर घर भत्काउन गएकोमा घोर भर्त्सना गरेको छ ।

    मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनले सुकुम्बासी जस्तो संवेदनशील विषयलाई राज्यले अमानवीय र क्रुर दृष्टिकोणले हेर्नु निन्दनीय भएको बताएको हो। संवाद र सहमतिबिना बसोबासको उचित र न्यायिक व्यवस्थापन असम्भव भएको आन्दोलनको ठहर छ।



    ‘डोजरलाई विकासको औजार मान्नेहरूको यो अलोकतान्त्रिक, अमानवीय र अन्यायी कदमको ‘बृहत् नागरिक आन्दोलन’ घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘बस्तीका बालबालिका, अशक्त, वृद्धवृद्धा र किरिया बसिरहेका नागरिकहरूलाई समेत बेवास्ता गरी बस्ती भत्काउन खोजियो।’



    बस्तीका बालबालिका, अशक्त, वृद्धवृद्धा र किरिया बसिरहेका नागरिकहरुलाई समेत बेवास्ता गरी बस्ती भत्काउन खोजिएको जनाउँदै नागरिक आन्दोलनले बस्तीका नागरिकहरु राज्यविहीनताको स्थितिमा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार