Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बालेनले गुहारे प्रहरी, आक्रमणकारीविरुद्ध उजुरी

    बालेनले गुहारे प्रहरी, आक्रमणकारीविरुद्ध उजुरी

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 807
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा नगर प्रहरीलाई आक्रमण गर्नेहरुलाई कारबाही गर्न काठमाडौंस्थित महानगरीय प्रहरी परिसर टेकुमा पत्राचार गरेको छ । घटनाको नेतृत्व गर्ने तथा संलग्न भएका व्यक्तिहरूको नाम समेत खुलाएर महानगरले महानगरीय प्रहरी परिसरलाई पत्र पठाएको हो ।

    अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारामा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना भत्काउन जाने क्रममा महानगरीय प्रहरी बलका प्रमुखसहितका प्रहरी घाइते भएका छन् ।



    नगर प्रहरी शर्मिला बोगटीलाई सरीर बन्धक बनाई गम्भीर रुपमा घाइते बनाएका कारण उहाँसहित ३ जना प्रहरीको नर्भिक अस्पतालमा आइसीयुमा उपचार भइरहेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । कर्तव्यका सिलसिलामा प्रहरीमाथि आक्रमण हुन दुःखद कुरा हो ।



    यस कार्यमा सम्लग्नमाथि कानुनी कारवाही गर्न सम्बन्धित निकाय र पदाधिकारीलाई महानगरको अनुरोध छ । प्रवक्ता मानन्धरले भने, ‘गैरकानुनी रुपमा निर्माण भएका अनधिकृत संरचना हटाउने कार्यमा सबै पक्षबाट सहयोग, सहकार्य र समन्वय हुने विश्वाश गरेका छौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार