Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आर्थिक मन्दीको असर : १४ हजार कर्मचारी कटौती गर्दै नोकिया

    आर्थिक मन्दीको असर : १४ हजार कर्मचारी कटौती गर्दै नोकिया

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 951
    SHARES

    काठमाडौं । फिनिस टेलिकम कम्पनी नोकियाले खर्च कम गर्न ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । उसले सन् २०२६ सम्म ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने घोषणा गरेको हो ।

    नोकिया कुनै समय विश्वको सबभन्दा ठूलो ह्याण्डसेट निर्माता कम्पनी थियो । तर स्मार्टफोनको दुनियाँमा पछाडि पर्‍यो र पछिल्लो समय उसले ५जी उपकरणको कारोबार थाल्यो ।



    तर, जुलाइदेखि सेप्टेम्बरको बीचमा नोकियाको बिक्री २० प्रतिशतले घटेको छ । स्वीडेनको एरिक्सन र चीनको हुवावेसँगको ५जी नेटवर्कको प्रतिस्पर्धामा नोकियाको बिक्री २०२३ को तेस्रो महिनामा २० प्रतिशतले घटेर ४.९८ बिलियन युरो भएको छ ।



    उत्तरी अमेरिकाको बजारमा ५जी उपकरणको मागमा आएको कमीको पूर्ति भारतबाट हुने अनुमान थियो । ‘हामीले भारतमा ५जीको विकासको गति कमी देख्यौं । यसको अर्थ उत्तरी अमेरिकाको मन्दीको भर्पाइ गर्न पर्याप्त हुन्न’ नोकियाका सीईओ पेक्का लुन्डमार्कको वक्तव्यमा भनिएको छ ।

    नोकियाको रिपोर्टअनुसार यो तीन महिनामा उनको नाफा १३३ मिलियन युरो छ, जुन अघिल्लो वर्षको यही अपधिको भन्दा ६९ प्रतिशत कम हो । सीईओ लुन्डमार्कले भनेका छन्–‘तेस्रो त्रैमासिकमा हामीले आर्थिक चुनौतीको प्रभाव हाम्रो कारोबारमा बढेको देखेका छौं ।’

    नोकियाले २०१५ मा नौ हजार कर्मचारी कटौती गरेको थियो । हाल विश्वभरमा नोकियाका लागि ८६ हजार कर्मचारी काम गर्छन् । अब हुने कर्मचारी कटौतीपछि यो संख्या ७२ हजारसम्म झर्ने अपेक्षा छ । यसले लागत १.२ बिलियन युरोसम्म कटौती हुने कम्पनीको अपेक्षा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार