Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • शेखर कोइराला भन्छन् – कोशी सरकारले गठबन्धनमा असर पर्दैन, पूर्ण कार्यकाल चल्छ

    शेखर कोइराला भन्छन् – कोशी सरकारले गठबन्धनमा असर पर्दैन, पूर्ण कार्यकाल चल्छ

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 810
    SHARES

    विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् ।

    विराटनगरको सोभित भवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले अहिलेको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म चल्ने भन्दै नेपाली कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए ।



    उनले देश कुनै पनि द्वन्द्वमा फस्न नहुने भन्दै नेपाल एसियाको गरिब देश हुनुमा राजनीतिक दल र नेता प्रमुख कारक भएको बताए । यस्तै मुलुकमा सुशासनका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार