Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पार्टीको सम्पूर्ण ध्यान मिसन ८४ मा केन्द्रित गर्नुपर्छ : अध्यक्ष ओली

    पार्टीको सम्पूर्ण ध्यान मिसन ८४ मा केन्द्रित गर्नुपर्छ : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 474
    SHARES

    पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेश अधिवेशनमा प्यानल बनाएर चुनाव लडेकोप्रति असन्तुष्टि जनाएका छन् । प्यानल बनाएर चुनाव लड्दा जनस्तरमा राम्रो सन्देश नगएको बताएका अध्यक्ष ओलीले प्रदेशमा कतिपय ठाउँमा सर्वसम्मत हुँदा लोकतन्त्र कमजोर नभएको बरु कसैको कित्ताबन्दी नभएको बताए ।

    प्रदेश कमिटीका नवनिर्वाचित सदस्यहरुलाई सोमबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण ध्यान मिसन ८४ मा केन्द्रित गर्नुपर्ने भन्दै आन्तरिक विवादमा रुमलिन नहुने बताए ।



    गण्डकीमा प्यानल बनाएर लड्दा स्वस्थ प्रतिस्पर्धा नभएको टिप्पणी जनस्तरबाट आएको भन्दै ओलीले अब एकताबद्ध भएर सबैलाई समेटेर अघि बढ्न निर्देशन दिए ।



    अध्यक्ष ओलीले प्रतिस्पर्धा भनेको विचारमा हुने भन्दै एमालेभित्र विचारमा एकता भएका बेला पदका लागि प्रतिस्पर्धा हुँदा गलत प्रवृति भित्रिन सक्नेमा सचेत रहनसमेत आग्रह गरे ।

    आफूलाई प्रचण्ड–माधवहरुले कम्युनिष्ट पार्टीको सदस्यबाट समेत हटाएर दुई तिहाइको सरकार शेरबहादुर देउवालाई बुझाउन निवेदन लिएर गएको नबिर्सनसमेत ओलीले पार्टी पंक्तिलाई आग्रह गरे ।

    कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा बादल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारीलगायतका नेताले अब एकताबद्ध भएर पार्टी अघि बढ्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार