Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गृहमन्त्री बिरामी हुँदा प्रहरीको बढुवा रोकियो

    गृहमन्त्री बिरामी हुँदा प्रहरीको बढुवा रोकियो

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी हुँदा नेपाल प्रहरीको नियमित काम रोकिएका छन् । माथिल्लो तहमा बढुवा पनि प्रभावित बनेको छ । नेपाल प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का तीन पद रिक्त छन् ।

    यौन दुर्व्यवहार काण्डमा परेका एसएसपी योगबहादुर पालले पनि राजीनामा दिएकोले चार जनाको रिक्त हुँदैछ । रिक्त पदमा बढुवाको प्रक्रिया सुरु हुन सकेको छैन ।



    गृहमन्त्री श्रेष्ठ कार्यालय नगएको कारण एसएसपी पालको राजीनामा पनि रोकिएको स्रोत बताउँछ । पालले एक महिनाअघि नै राजीनामा दिएका थिए । उनलाई कारबाही गरेर राजीनामा स्वीकृत गर्ने कि नगरी भन्ने अन्योल छ ।



    आफ्नै महिला प्रहरीलाई उनले रात बिताउने प्रस्ताव राखेको घटनामा पालमाथि कारबाही प्रक्रिया अघि बढेको थियो । कारबाही छल्न पालले राजिनामाको विकल्प रोजेका थिए । तर, गृहमन्त्रीले उनको राजिनामा रोकेका छन् ।

    प्रहरीमा असोज तेस्रो सातासम्म कार्यसम्पादन मूल्याङकनको समय हुन्छ । जून अवधि सकिएको छ । प्रहरी नियमावलीमा पद रिक्त भएको तीन महिनाभित्र पदपूर्ति गरिसक्नुपर्ने प्रावधान छ । तर, बढुवाको भागबन्डा नमिल्दा लामो समय रोकिने गरेको छ ।

    अहिले पनि उच्च पदमा बढुवाका लागि चलखेल सुरु भइसकेको छ । गृहमन्त्री स्वच्छ भएसँगै बढुवाबारे छलफल गरेर अघि बढाउन लागिएको छ । समयमा बढुवा नहुँदा प्रहरी अधिकारीको करिअर भने प्रभावित बनेको छ ।

    दुई साताअघि चीन भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठलाई हृदयघात भएको थियो । उपचारपछि उनी चिकित्सकको निगरानीमा आराम गरिरहेका छन् । जसकारण मन्त्रालय जान सकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार