Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपप्रधानमन्त्री खड्काले भने – अस्थायी अवास निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्छ

    उपप्रधानमन्त्री खड्काले भने – अस्थायी अवास निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्छ

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 672
    SHARES

    काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट भूकम्पपछिको अस्थायी अवास निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।

    कर्णाली प्रदेश सरकार र सुरक्षा निकायका प्रदेश प्रमुखसँग सुर्खेतको वीरेन्द्रनगरमा छलफल गर्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् ।



    रक्षामन्त्री खड्काले भूकम्पपछिको उद्दार र राहतमा प्रदेश सरकार, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलहरुले पुर्याएको सहयोगका लागि संघीय सरकारकातर्फबाट धन्यवाद ज्ञापन गरे।



    रक्षामन्त्री खड्काले भूकम्पका घाइतेको उद्दार र राहतको एक चरणको काम सकिएको उल्लेख गर्नुहुँदै अस्थायी आवास निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

    उपप्रधानमन्त्री खड्काले भूकम्पमा खटिएका सुरक्षा निकायका अधिकृत तथा जवानलाई खटिएको अवधिको गणना गरेर खाजा खर्च उपलब्ध गराउने निर्णय संघीय मन्त्रिपरिषद् बैठकले गरिसकेको जानकारी गराए।

    रक्षामन्त्री खड्काले भूकम्प पीडितका लागि अस्थायी आवास र योसँग सम्बन्धित अन्य सहयोगका लागि आवश्यक निर्णय सोमबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार