Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला

    दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला

    अनलाइन नेपाल
  • बुधबार, २९ कार्तिक २०८०
  • 729
    SHARES

    काठमाडौं । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाईटीकाको दिनमात्र खुल्ने गर्दछ ।

    भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।



    दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बाल गोपालेश्वर मन्दिर आज बिहानैबाट दिनभर खुला गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।



    दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए । यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम रहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार