Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उर्लाबारी आगलागी अपडेट : मृतकको संख्या पाँच पुग्यो

    उर्लाबारी आगलागी अपडेट : मृतकको संख्या पाँच पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 627
    SHARES

    फाइल तस्विर

    मोरङ । मोरङको उर्लाबारीमा लक्ष्मी पूजाको रात आगलागी नियन्त्रणका क्रममा घाइते भएका मध्ये पाँच जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति साढे ११ बजे काठमाडौंस्थित बर्न अस्पतालमा उपचाररत ४३ वर्षिय रामनरेश मरिताको मृत्यु भएको हो ।



    मधेश प्रदेशको धनुषास्थित जानकीनन्दनी गाँउपालिका घरभएका मरिता आगलागि नियन्त्रणका क्रममा गंभीर घाइते भएका थिए । उर्लाबारी नगरपालिकाको बरगाछीमा रहेको सुनचादीको पसलमा आगलागी भएको थियो ।



    सोही क्रममा घाइते भएर उपचारका लागि काठमाडौ पुराएका मध्ये आगलागि भएको घरधनिका मालिक ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको उपचारकै क्रममा मृत्यु भइसकेको मोरङ प्रहरीले जनाएको छ ।

    आगलागी नियन्त्रणका क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार