Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दै

    कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दै

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 450
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ ।

    सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक दिउँसो १ बजेका लागि आह्वान गरेका हुन् ।



    कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार महासमितिको बैठकको तयारी के कसरी भइरहेको छ भन्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।



    ‘बैठकअघि विभागका प्रमुख र सदस्यलाई पूर्णता दिने तयारी छ, त्यस विषयमा पनि छलफल हुनेछ,’ उनले भने । कांग्रेसको महासमितिको आगामी पुस १६ देखि १९ गतेसम्म हुने महासमिति बैठकलाई केन्द्रित गरी बैठकमा छलफल हुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार