Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

    सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 567
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुबई प्रस्थान गर्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

    बैठकमा प्रधानमन्त्री प्रचण्डको यूएई भ्रमण लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



    जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको नेपाली प्रतिनिधि मण्डल आज राति ९ः३० बजे यूएईको दुबई जाँदै छ ।



    प्रतिनिधि मण्डलमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् । सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड मंसिर १७ गते स्वदेश फर्किने कार्यक्रम छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार