Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीले भने – संकल्प यात्राले राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्छ

    एमाले अध्यक्ष ओलीले भने – संकल्प यात्राले राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्छ

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 630
    SHARES

    बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राले राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्ने बताएका छन् ।

    बैतडीको झुलाघाटमा ‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को उद्घाटनको गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले सकरात्मक परिवर्तनका लागि एमालेले मात्रै नेतृत्व गर्न सक्ने धारणा राखे।



    अध्यक्ष ओलीले भने,‘अहिलेको सरकारीको अकर्मण्यता, अहिले देशको ओरालो लागेको अर्थतन्त्री र राजनीतिक अस्थिरता हटाउन यो अभियानले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ। देशमा भएको राजनीतिक बेथिति, अस्थिरता हटाउन र राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्न संकल्प यात्राको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्छु।’

    अध्यक्ष ओलीले यात्रामा जनताको साथ र उत्साह रहने विश्वास व्यक्त गरे। उनले मध्यपहाडि लोकमार्गका जनतासँग साक्षात्कार गर्ने उल्लेख गरे। उनले नेपालको मौलिक संस्कृति र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एमाले लागि पर्ने बताए।

    मध्यपहाडी लोकमार्गको पश्चिमको अन्तिम बिन्दु रहेको बैतडीको झुलाघाटबाट गरिन लागिएको संकल्प यात्राको महाअभियानलाई महत्वकासाथ हेरिएको छ। ओलीको नेतृत्वमा सञ्चालन हुने अभियान ३ हप्तासम्म चल्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार