Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • डडेल्धुराबाट ‘जय नेपाल’ भन्दै देउवालाई ओलीको फोन – त्यता सबै राम्रो छ नि !

    डडेल्धुराबाट ‘जय नेपाल’ भन्दै देउवालाई ओलीको फोन – त्यता सबै राम्रो छ नि !

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 711
    SHARES

    काठमाडौं । झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी सङ्कल्प यात्राको क्रममा डडेल्धुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुराबाटै कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन् ।

    आज सामाजिक सञ्जालमार्फत फोन वार्ताको सानो अंश सार्वजनिक गर्दै ओलीले डडेल्धुरा पुगेपछि देउवाको याद आएर फोन गरेको उल्लेख गरेका छन् ।



    सो क्रममा ओलीले आफू डडेल्धुरा पुगेको बताएपछि देउवाले गृह जिल्लामा स्वागत छ भनेका थिए । सार्वजनिक भिडियोमा ओलीले देउवासँग काठमाडौँतिरको हालखबर सोधेका छ । देउवासँग भएको थप कुराकानीबारे ओलीले केही उल्लेख गरेका छैनन् ।



    ‘सुन्दर डडेल्धुरा !!, मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो,’ ओलीले सामाजिक लेखेका छन्, ‘उहाँले आफू काठमाडौँमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार