Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एमाले नेतृत्वको सरकार ढलेपछि भ्रष्टाचार बढ्यो : केपी ओली

    एमाले नेतृत्वको सरकार ढलेपछि भ्रष्टाचार बढ्यो : केपी ओली

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 450
    SHARES

    दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट जनता वाक्क दिक्क भइसके बताएका छन् ।

    ‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत कर्णाली नदी किनारस्थित दैलेखको राकमकर्णालीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले एमालेको एकल बहुमतको सरकार नबने देश बर्बाद हुने दाबी गरे । देशलाई विकासको बाटोमा अघि बढाउनका लागि एमालेको एकल बहुमतको सरकार चाहिने ओलीको दाबी छ ।



    अध्यक्ष ओलीले एमालेको एकल सरकार नबने देशको राष्ट्रियता कमजोर हुने जिकिर गरे। एमालेको सरकार षड्यन्त्रपूर्वक हटाइएको ओलीको भनाइ छ ।

    अध्यक्ष ओलीले भने,‘एमालेको सरकारलाई षड्यन्त्रपूर्वक हटाइयो, एमाले नेतृत्वको सरकार ढलेपछि राजनीतिक रुपमा देशमा अस्थिरता छायो, अराजकता छायो, अनेक प्रकारका खराबीहरु छाए, अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो । महंगी बढ्यो, युवाहरु विदेशीनुपर्ने रोजगारी नपाउने अवस्था बन्यो, विकास ठप्प छ, भ्रष्टाचार बढ्यो।’

    एमाले सरकारमा हुँदा देशमा विकासको लहर चलेको ओलीको दाबी छ । वर्तमान गठबन्धनको सरकारका कारण देशको विकास ठप्प भएको ओलीको दाबी छ ।

    देशका सबै जनता खुसी रहुन् भन्ने एमालेले लिएको नीतिलाई सिंगो नेपाली जनताले राम्ररी बुझेको ओलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार