Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • डोल्पामा वर्षासँगै हिमपात, हवाई र टेलिफोन सेवा प्रभावित

    डोल्पामा वर्षासँगै हिमपात, हवाई र टेलिफोन सेवा प्रभावित

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 423
    SHARES

    डोल्पा । डोल्पा लगायत पश्चिमी क्षेत्रका उच्च पहाडी भू-भागमा आइतबार रातिदेखि नै हिमपात भइरहेको छ।

    आइतबार रातीदेखि बदली भएपनि सोमबार बिहानैदेखि हिमपात सुरु भएको हो । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने खालीबन,बन्तडि,हुम,काईगउलगायतका बस्तीमा हिमपात सुरु भएको छ ।



    त्यसैगरी ठुलिभेरी नगरपालिका पर्ने माझफाल,थरगाउँ ताली लगायतका बस्तीमा पनि बिहानैदेखि हिमपात भएको छ। जिल्लाका आठवटा स्थानीय तहमध्ये धेरैजसोमा बिहानैदेखि वर्षातसँगै हिमपात सुरु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।



    उपल्लो डोल्पाका गाउँबस्तीमा अहिलेसम्म बाक्लो हिउँ जमिसकेको र अझै हिमपात जारी रहेको छ । हिमपात पछि बडेको चिसोले जिल्लाभरी जनजीवन प्रभावित भएको छ।

    चिसोले बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन् । बाहिर अत्याधिक चिसो बढेकाले स्थानीयहरू घरभित्रै आगो बालेर ताप्ने र झोलिलो खानेकुरा पकाएर चिसो घटाउने उपायको खोज्न थालेका छन् ।

    अहिले डोल्पाको तापक्रम शून्य डिग्रीमा पुगेको छ । डोल्पाको तल्लो क्षेत्रमा पर्ने त्रिपुराकोट,खदाङ्गलगायतका ठाउँमा बिहानैदेखि वर्षात सुरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार