Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • लागुऔषधसहित दुईजना पक्राउ

    लागुऔषधसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 588
    SHARES

    कैलाली । कैलालीमा लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन् ।

    सोमबार जिल्लाको गोदावरी नगरपालिका–१ बरपिपल गल्लीबाट स्थानीय २९ वर्षिय प्रहलाद खत्री र सोही ठाउँका २५ को विकास कट्टेल पक्राउ परेका हुन ।



    उनीहरूको साथबाट ५ ग्राम २५० मिली ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले जानकारी दिए ।



    विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध फेला परेको उनले बताए । दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार