Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीका छोरा सन्दीपसहित ६ जना रिहा

    नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीका छोरा सन्दीपसहित ६ जना रिहा

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 666
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन्।

    धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् ।



    उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् ।



    ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागार प्रशासनले जनाएको छ । सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन्। शरणार्थी प्रकरणमा टोपबहादुर थुनामै छन् ।

    उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो ।

    धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालचाहिँ थुनामै रहेका छन् । रिजालले धरौटी बुझाएका छैनन् । उनलाई अदालतले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार