Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तीनजना सवार मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते

    तीनजना सवार मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 789
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते छन् ।

    शुक्रबार बिहान ३ बजे जनकपुरधामबाट ढल्केवर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाईकल लक्ष्मीनिया गाउँपालिका ४ स्थित सपहीमा मोटरसाइकल दुर्घटना भएको हो ।



    धनुषाका प्रहरीका अनुसार मृत्यु हुनेमा विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी र कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनीको मृत्यु भएको हो ।



    मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् । उनलाई थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल ल्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार