Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ‘फ्री भिसा फ्री टिकट’ मा नेपाली श्रमिकहरू पठाउन सकिँदैन : सचिव भण्डारी

    ‘फ्री भिसा फ्री टिकट’ मा नेपाली श्रमिकहरू पठाउन सकिँदैन : सचिव भण्डारी

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 531
    SHARES

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि ‘फ्री भिसा फ्री टिकट’ मा नेपाली श्रमिकहरू पठाउन नसकिने स्पष्ट पारेका छन् ।

    आइतबार मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८) को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले फ्री भिसा फ्री टिकट नीति कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको बताएका हुन् ।



    उनले नेपालबाट वैदेशिक रोजगारीको लागि विभिन्न खाडी लगायत मुलुकहरूमा ‘फ्री भिसा फ्री टिकट’ मा पठाउने काम भए पनि पठाउन नसकिने स्पष्ट पारेका हुन् ।



    उनले योग्यता क्षमता र सीप भएका श्रमिकहरुको माग गर्दा नै त्यो देशको एजेन्सीहरुले समेत कमिसन लिने गरेको बताए । श्रमिक माग गर्दा नै लागत लाग्ने भएकाले फ्री भिसा फ्री टिकटमा श्रमिक पठाउन नसकिने श्रम सचिव भण्डारीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार