Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपाल प्रहरीका एक जना डीएसपी एसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका एक जना डीएसपी एसपीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 4.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह तर्फका एक जना प्रहरी नायव उपरीक्षक(डीएसपी)लाई प्रहरी उपरीक्षक(एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

    प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधितर्फका प्रहरी नायव उपरीक्षक दिपक राज अवस्थीलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको हो ।



    बढुवा समिति मंगलबार बसेको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, संचारतर्फका अवस्थीलाई सोही समूह, उपसमूहतर्फको प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ ।



    त्यस्तै, प्राविधिक प्रहरी समूह तर्फका शम्भु प्रशाद कोईरीलाई सोही समूहको प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार