Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सालारले दुई दिनमा कमायो २८५ करोड

    सालारले दुई दिनमा कमायो २८५ करोड

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 567
    SHARES

    एजेन्सी । साउथ सुपरस्टार प्रभासको अभिनय रहेको फिल्म ‘सालार’ रिलिजको दोस्रो दिन पनि राम्रो व्यवसाय गर्न सफल भएको छ ।

    ओपनिङ दिन भारतीय बक्स अफिसमा ९० करोड ७० लाख कमाएको फिल्मले दोस्रो दिन ५५ करोड कमाएको छ ।



    फिल्मको आम्दानी अहिलेसम्म भारतमा मात्र १४५ करोड ७० लाख भएको छ । फिल्मले ग्लोबल मार्केटमा पहिलो दिन १७८.७ करोड र दोस्रो दिन १०६ करोड कलेक्सन गरेको छ ।



    दुई दिनमा ‘सालार’ को ग्लोबल कलेक्सन २८५ करोड भएको छ । यो वर्षको सबैभन्दा बढी ओपनिङ बिजनेस गर्ने फिल्म पनि बनेको छ । फिल्मले पहिलो दिन १७८.७ करोड कमाएर यो रेकर्ड बनाएको थियो ।

    फिल्मले भारतमा मात्र ९० करोड ७० लाखको ओपनिङ विजनेश गरेको छ । ‘सालार’ प्रशान्त नीलले निर्देशन गरेका हुन् ।

    होम्बले फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई विजय किरणगादुरले निर्माण गरेका हुन् । फिल्ममा प्रभाससँगै पृथ्वी सुकुमारन, श्रुति हासन, मधु गुरु स्वामीको पनि महत्त्वपूर्ण भूमिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार