Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ‘सलार’ले तीन दिनमा कमायो ४०० करोड भारु

    ‘सलार’ले तीन दिनमा कमायो ४०० करोड भारु

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 735
    SHARES

    एजेन्सी । अभिनेता प्रभास स्टारर भारतीय फिल्म ‘सलार’ले तीन दिनमा विश्वभरबाट ४०० करोड भारु कमाइ गरेर इतिहास रचेको छ।

    दुई दिनमा झण्डै ३ सय करोड भारु (२९५.७ करोड भारु ) कलेक्सन गरेको सलारले आइतबार पनि उत्कृष्ट व्यापार गरेको हो ।



    शुक्रबार पहिलो दिन विश्वब्यापी १७८.७ करोड भारुको डेब्यु गरेको फिल्मले शनिबार ११७ करोड र आइतबार १०४.३ करोड भारु कमायो ।



    यो फिल्मले तीन दिनमा हिन्दी संस्करणमा भने ६१ करोड कमायो । तीन दिनमा भारतको कलेक्सन २०८ करोड भारु छ ।

    ‘सलार’ले शुक्रबार भारतमा ९०.७ करोड भारु, शनिबार ५६.३५ करोड र आइतबार ६१ करोड भारु कमायो ।

    फिल्मले ‘क्रिसमस’मा राम्रो व्यापार गर्ने अपेक्षा व्यापार विज्ञले गरेका छन् । फिल्मले ‘वर्ड अफ माउथ’ पब्लिसिटीबाट निकै फाइदा उठाइरहेको छ ।

    आइतबार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी ४९.६७ प्रतिशत थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार