Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • संसदका तीन समितिका बैठक बस्दै, के-के छन् एजेण्डा ?

    संसदका तीन समितिका बैठक बस्दै, के-के छन् एजेण्डा ?

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 306
    SHARES

    काठमाडौं । संघीय संसद अन्तर्गत आज तीन वटा समितिका बैठक बस्दैछन् । जसमा प्रतिनिधिसभाका दुई र राष्ट्रियसभाको एक समितिको बैठक बस्न लागेको हो ।

    प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ ।



    बैठकमा विभिन्न विद्यार्थी संघ/संगठनहरुसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।



    यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा गुठी पीडित मोही किसानको समस्या तथा गुठी सम्बन्धी कानून लगायतका विषयमा छलफल हुनेछ ।

    बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री र सचिव तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री र सचिवलाई पनि आमन्त्रण गरिएको छ ।

    यसैगरी, राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दैछ ।

    बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय सम्पदा अन्तर्गत राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र यसको संरक्षण सम्वर्द्धनमा सामुदायिक वन उपभोक्ता महासङ्घको भूमिका लगायतका विषयमा छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार