Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • संसद सचिवालयका उपसचिवले हाने अधिकृतलाई झापड

    संसद सचिवालयका उपसचिवले हाने अधिकृतलाई झापड

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 918
    SHARES

    काठमाडौं । संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले प्रतिवेदनमा आफ्नो नाम नराखेको भन्दै अधिकृतमाथि हातपात गरेका छन्।

    मंगलबार संघीय संसद सचिवालयका उपसचिव गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेका हुन् ।



    उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाएको विषय बढ्दै जाँदा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको सचिवालय स्रोतले बतायो ।



    यो विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको दाबी छ ।

    बिहान ११ बजे तण्डुकारको कार्यकक्षमा प्रवेश गरेका उपसचिव गैरेले ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ भन्दै झापड हानेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार