Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • १७ जना सांसदहरुको टोली चीन प्रस्थान

    १७ जना सांसदहरुको टोली चीन प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 546
    SHARES

    काठमाडौं । संघीय संसदका सदस्यहरुको टोली चीन भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेको छ ।

    नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली १० दिने चीन भ्रमणका लागि एयर चाइनाबाट छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको हो ।



    भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना छन्।



    चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो । चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ शहरसमेत भ्रमण गर्ने कार्यतालिका छ ।

    नेपाली कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा, नेकपा एमालेबाट दामोदर बैरागी, मानवीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने, नेकपा माओवादी केन्द्रबाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी छन् ।

    भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार