Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईसीसी यू–१९ विश्वकप : नेपालले आठौँ विकेट गुमायो, ९० रनमा अर्जुन आउट

    आईसीसी यू–१९ विश्वकप : नेपालले आठौँ विकेट गुमायो, ९० रनमा अर्जुन आउट

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 645
    SHARES

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालको आठौँ विकेट गुमेको छ । नेपालले आठौँ विकेटका रुपमा ओपनर अर्जुन कुमाल ९० रनमा गुमाएको हो ।

    दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याइहरेको नेपालबाट अर्जुनले १०४ बलमा १२ चौकासहित ९० रन बनाए ।



    जारी खेलको ३९.२ ओभर समाप्त हुँदा नेपालले आठ विकेट गुमाएर १८९ रन बनाएको छ ।



    त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको योगफल तयार पारेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार