Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काठमाडौंका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

    काठमाडौंका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 357
    SHARES

    काठमाडौं । काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार आज चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुन लागेको हो । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।



    प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने यसअघि नै जानकारी गराइसकेको छ ।



    प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार