Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • साताको दोस्रो दिन ३१ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    साताको दोस्रो दिन ३१ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 471
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

    नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स १.२५ प्रतिशतले ओरालो लाग्यो।



    दोहोरो अंकले घटेको बजारमा कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।



    यसदिन ३०७ कम्पनीको १ कोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँमा खरिदबिक्री भए।

    अघिल्लो कारोबार दिन आइतबार २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भएका थिए। अपर स्यांगे हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो।

    मिड सोलु हाइड्रोपावरको ९.४६,आशा लघुवित्त वित्तीयको ६.६९,नगदी ग्रुपको ३.८१ र मैलुङ खोला जल विद्युतको २.८६ प्रतिशतले सेयर मूल्य बढेर कमाउने पाँच शीर्ष कम्पनीभित्र परे।

    ७८ करोड बढी मूल्यको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार