Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लगातारको वृद्धिपछि २१ अंकले घट्यो नेप्से

    लगातारको वृद्धिपछि २१ अंकले घट्यो नेप्से

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 366
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से २१.६७ अंक घटेर २०९७ अंकमा कायम भएको हो ।

    कुल ५ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भयो । हिजो ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।



    २९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । उत्पादन समूह ०.१४ प्रतिशत बढ्यो भने अरु सबै समूह घटेका छन् ।



    होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ ६, विकास बैंक ७९, फाइनान्स ३४, होटल तथा पर्यटन ११४, हाइड्रोपावर ३८, जीवन बीमा १४७, माइक्रोफाइनान्स ४०, निर्जीवन बीमा ११६, अन्य ११ र ब्यापार समूह ४९ घटे ।

    सामलिङ पावरको ९.८, मन्दाकिनी हाइड्रोपावरको ९.६, पिपुल्स पावरको ७.६, रावा इनर्जीको ५.० र पिपुल्स हाइड्रोपावरको मूल्य ४.९ प्रतिशत बढ्यो । त्यस्तै मेन्छियाम हाइड्रोपावरको ५.८, अपर स्याङ्गेको ५.१ र ङादी ग्रुपको ४.९ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप पावर, नेपाल पुनर्बीमा कम्पनी र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार