Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • संघीय संसद्को अधिवेशन सोमबारदेखि, सबै तयारी पूरा

    संघीय संसद्को अधिवेशन सोमबारदेखि, सबै तयारी पूरा

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 369
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सोमबारदेखि सुरु हुने संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।

    सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को तेस्रो अधिवेशन तयारीबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले हिउँदे अधिवेशनलाई प्रभावकारी तुल्याउने अठोट गरिएको बताए।



    सभामुख घिमिरेले भने, ‘त्यो अठोटलाई कार्यान्वयन गर्न अहिले १५ दिनको समयसारिणी बनाएर कार्यान्वयन गर्दै अघि बढ्ने प्रयत्न हुनेछ। त्यसपछि पनि सोहीअनुसार नै जाऔं भन्ने तयारीका साथ अघि बढ्ने सोच छ। बजेट प्रस्तुति अघिको छलफलका लागि कानुनी प्रबन्धसहित अध्यादेश आएको छ। त्यसअनुसार कार्यतालिका मिलाइनेछ।’ उनले आफूहरुले दिएका सुझावलाई सरकारले सकारात्मक ढङ्गले लिएको उल्लेख गरे।



    सभामुखले भने, ‘प्री–बजेटका प्राथमिकता र सिद्धान्तमाथि पहिले छलफल गर्ने, त्यसमा आएका सुझावका आधारमा सदनमा बजेट प्रस्तुत गरिनेछ।’ संसद् अधिवेशनमा सरकारले विधेयकको कमी हुन नदिने जानकारी दिए। उनले भने, ‘सदनलाई बिजनेस दिएर लक्ष्य अनुरुप कानुन निर्माण गर्न सवैको प्रयत्न हुनुपर्छ। निराशा होइन, आशा जगाउनेतर्फ शिक्षा लिएर अघि जानुपर्छ।’

    हिउँदे अधिवेशन सञ्चालनका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

    उनले भने, ‘सभामुखबाट विधेयकबारे कानुन, न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको छ। नियमितरुपमा गर्नुपर्ने सबै काम पूरा भएका छन्।’

    नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदन राष्ट्रिय सभा र तल्लो सदन प्रतिनिधि सभा रहने व्यवस्था गरेको छ। यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरुपमा क्यालेण्डर बनाएर जानुपर्छ भन्नेमा दुवै सभामा तयारी भएको छ।

    तयारीका सन्दर्भमा हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन गरिनेछ। यो हिँउदे अधिवेशनका लागि हाल सङ्घीय संसद्‌मा २४ विधेयक छन् भने १६ वटा विषयगत समिति छन्। हाल १५ विधेयकमा समितिमा दफावार छलफल भइरहेको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार