Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • काठमाडौंको एक होटलमा महिला मृत फेला, हत्याको आशंका

    काठमाडौंको एक होटलमा महिला मृत फेला, हत्याको आशंका

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको एक होटलमा शनिबार एक महिला मृत फेला परेकी छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित ‘सिराहा धनुषा होटल एन्ड लज’ नामक होटलमा अन्दाजी ४५/५० वर्षीया महिला मृत फेला परेकी हुन् ।



    अहिलेसम्म उनको पहिचान नखुलेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ती महिलाको मृत्यु शंकास्पद भएको प्रहरीको भनाई छ ।



    ती महिला अर्कै एक पुरुषसँगै कोठामा बसेकी थिइन् । तर ती पुरुष भने घटनापछि त्यहाँबाट फरार छन् । ती पुरूषको पहिचान खुलेको भए पनि ती महिलाको भने पहिचान खुल्न सकेको छैन । यसबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार