Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जनकपुरमा श्रीमानसँगै होटलमा सुतेकी महिला मृत भेटिईन्

    जनकपुरमा श्रीमानसँगै होटलमा सुतेकी महिला मृत भेटिईन्

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    जनकपुर । जनकपुरस्थित एक होटलमा श्रीमानसँगै बसेकी महिला मृत भेटिएकी छन् ।

    जनकपुरधाम उप-महानगरपालिकास्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै बसेकी महिला होटल बाहिर मृत फेला परेकी हुन् ।



    म्याग्दीको मेलानी गाउँपालिका-७ बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीमान् विश्वास सुनारसँगै दुई दिनअघि होटलमा आएर बसेकी थिइन् ।



    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र मिश्रका अनुसार उनी यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन आएकी थिईन।

    विश्वासले आफू ११ दिन अघिमात्र विदेशबाट गाउँ फर्केको प्रहरीसमक्ष बयान दिएका छन् ।

    उक्त घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रवक्ता मिश्रले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार