Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये चार जनाको पहिचान खुल्यो

    पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये चार जनाको पहिचान खुल्यो

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 573
    SHARES

    पाल्पा । पाल्पाको चिदिसामा भएको जिप दुर्घटनामा मृत्यु भएका मध्ये चार जनाको पहिचान खुलेको छ ।

    मंगलबार बेलुका करिब ५ बजे लु१ज २३७१ नम्बरको जिप चिदिसा शिखरडाँडा जाँदै गर्दा उकालोमा व्याक भइ दुर्घटना भएको थियो ।



    दुर्घटना ५ जना महिला र ३ जना पुरुष गरी ८ जनाको मृत्यु भएको थियो । तीमध्ये तिनाउ ६ चिदिसका रामबहादुर अस्लामी, कृष्णबहादुर अस्लामी, उर्मिला अस्लामी, माइतीमा आएकी दिल कुमारी अस्लामीको पहिचान खुलेको हो ।



    जिल्ला प्रहरी कार्यालय पाल्पाले मृतकको पहिचानको लागि काम भइरहेको जनाएको छ ।

    घाइते १८ जनामध्ये १० जना महिला, ४ जना बालक, ३ जना बालिका र १ जना चालक छन् । घाइते सबैको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार