Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महिला प्रिमियर कप

    कुवेतविरुद्ध नेपाल : एकै ओभरमा सीताको ह्याट्रिक विकेट

    कुवेतविरुद्ध नेपाल : एकै ओभरमा सीताको ह्याट्रिक विकेट

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 648
    SHARES

    काठमाडौं। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको कुवेतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपाली बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छन् ।

    उनले १३औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार ३ विकेट लिँदै आफ्नो हयाट्रिक पूरा गरेकी हुन्।



    उनले १२.२ ओभरमा कुवेतकी ब्याटर प्रियादा मुरालीको विकेट लिइन् । त्यसपछि १२.३ ओभरमा उनले कुवेतकी मारयम ओमरलाई आउट गरिन् । १२.४ ओभरमा उनले कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काइन् ।



    कुवेतले २० ‌ओभरको खेल सकिँदा ९ विकेट गुमाएर ७३ रन मात्र बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार