Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एसीसी वुमन्स प्रिमियर कप क्रिकेट : नेपाल सेमिफाइनलमा, कुवेत ८ विकेटले पराजित

    एसीसी वुमन्स प्रिमियर कप क्रिकेट : नेपाल सेमिफाइनलमा, कुवेत ८ विकेटले पराजित

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 699
    SHARES

    काठमाडौं । नेपाली टोली मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

    नेपाल बुधबार खेलिएको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।



    डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा गर्यो ।



    कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे । सीता रानामगर १७ र कविता कुवर १ रनमा आउट भइन् ।

    यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो ।

    कुवेतकी शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३–१३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेका थिएनन् ।

    कुवेतलाई सस्तोमा रोक्न नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिइन् । रुविना क्षेत्री र कविता कुवरले २–२ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार