Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एसीसी वुमन्स प्रिमियर कप : नेपालको एसिया कप खेल्ने सपना अधुरै, मलेसियासँग पराजित

    एसीसी वुमन्स प्रिमियर कप : नेपालको एसिया कप खेल्ने सपना अधुरै, मलेसियासँग पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 576
    SHARES

    काठमाडौं । एसिसी वुमेन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनलमा नेपाल पराजित भएको छ ।

    यससँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ। नेपाललाई घरेलु टिम मेलसियाले ४ विकेटले पराजित गरेको हो।



    नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले एक बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।



    त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन जोड्यो।

    नेपालका लागि कप्तान इन्दू बर्माले ३७ बलमा २ चौकाको मद्दतमा २९ रन जोडिन्। यस्तै ओपनर कविता कुँवरले रनआउट हुनुअघि २३ रन बनाइन्। सीता रानामगर ६ रनमा रनआउट हुँद रुबिना क्षेत्रीले १८ बलमा २० रनको योगदान गरिन्।

    डोली भट्टले १४ बलमा १ चौका र २ छक्का हिर्काउँदै २५ रन बनाइन्। मलेसियाले अब उपाधिका लागि आइतबार युएईसँग खेल्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा युएईले थाइल्यान्डमाथि ४ विकेटको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार