Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एसीसी वुमन्स प्रिमियर कप : नेपालले पायो ७४ रनको लक्ष्य

    एसीसी वुमन्स प्रिमियर कप : नेपालले पायो ७४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 489
    SHARES

    काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ ।

    टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।



    कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन् । उनले १३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् ।



    तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् ।

    चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् । त्यस्तै रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए ।

    कुवेतकी शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३/१३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार