Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एसीसी वुमन्स प्रिमियर कप : एसिया कपमा पुग्न मलेसियासँग खेल्दै नेपाल

    एसीसी वुमन्स प्रिमियर कप : एसिया कपमा पुग्न मलेसियासँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 540
    SHARES

    काठमाडौँ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ ।

    मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा बायोमास ओभलमा सुरु हुनेछ ।



    बुधवार भएको खेलमा जापानलाई १६ रनले पराजित गर्दै मलेसिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यसअघि बुधबार नै कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो ।



    नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो ।

    नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार