Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एसीसी वुमन्स प्रिमियर कप

    फाइनल प्रवेशका लागि नेपालले दियो मलेशियालाई ११६ रनको लक्ष्य

    फाइनल प्रवेशका लागि नेपालले दियो मलेशियालाई ११६ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 495
    SHARES

    काठमाडौं । एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले मलेशियालाई ११६ रनको लक्ष्य दिएको छ ।

    नेपालले ११५ रन बनाउने क्रममा २० ओभरमा ६ विकेट गुमाएको थियो । नेपालका लागि इन्दु बर्माले २९ रन बनाएकी थिइन् भने डली भट्टले विस्फोटक २५ रन बनाएकी थिइन् ।



    त्यस्तै कविता कुँवरले २३ रन बनाउँदा रुविना क्षेत्रीले २० रन बनाएकी थिइन् । मलेशियाका लागि इजजाती इस्मालीले २ विकेट लिएकी थिइन् भने दुरासिंघमले १ विकेट लिएकी थिइन् ।



    यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ ।

    एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् । यसअघि पहिलो सेमिफाइनल खेलमा यूएईले थाइल्यान्डलाई पराजित गर्दै टी–२० एसिया कपमा स्थान पक्का गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार