Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • घोराही बजारमा प्रहरीले नै हान्यो महिला प्रहरीलाई गोली, अवस्था गम्भीर

    घोराही बजारमा प्रहरीले नै हान्यो महिला प्रहरीलाई गोली, अवस्था गम्भीर

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 6.6K
    SHARES

    फाइल तस्विर

    दाङ । दाङको घोराही बजारमा गोली चलेको छ । गोली लागेर घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया थापा घाइते भएकी हुन् ।

    उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।



    प्रहरीले गोली प्रहार गरेको आरोपमा लमहीबाट एक जनालाई पक्राउ गरेको छ ।



    पक्राउ परेका व्यक्ति पनि प्रहरी रहेको खुलेको छ । उनी बाँकेमा कार्यरत रहेको स्रोतले बतायो ।

    घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार