Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामा ओली र थापाको एउटै श्वर – प्रधानमन्त्रीबाट एकलौटी भयो

    त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामा ओली र थापाको एउटै श्वर – प्रधानमन्त्रीबाट एकलौटी भयो

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 975
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष र सत्तारुढ दल नेकपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहालले एकलौटी गरेका आरोप लगाएका छन् ।

    राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले असफल सिद्ध भइसकेको व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुनसक्ने बताएका हुन् ।कार्यक्रममा उनले उपकुलपतिमा भागवण्डा पनि नभई प्रधानमन्त्रीले एकलौटी गरेको टिप्पणी गरे ।



    उनले भने–‘एउटा समिति बनाउने छानबिन गर्ने यताउती गर्ने असफल सिद्ध भइसकेका मानिसहरुको छनोट गर्ने । अहिले ३ जना सिफारिस भएको छ क्यारे, तीन जनामा पनि तेस्रोचाहिँ नियुक्त होलाजस्तो लाग्छ छाँटकाँट हेर्दा ।’



    त्यसैगरी महामन्त्री थापाले उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्री दाहालले झुक्याएको आरोप लगाए। विश्वविद्यालय सुधारका लागि प्रधानमन्त्रीसँग आफूले ६ पटकभन्दा बढी भेटेर योग्य मानिस नियुक्त गर्न आग्रह गरेको बताएका उनले विश्वविद्यालयहरूको अवस्था बिजोग रहेको बताए।

    उनले भने–‘यो भन्दा पहिला पनि योग्यता पुगेकै मान्छे बनाएको हो, नियत ठीक नराखेको हो। अहिले खुला प्रतिस्पर्धा गर्छु भनियो तर नियत भागबण्डाकै राखियो। जसकारण परिणाम एउटै आउने भयो। झुक्याइयो। अहिले त मन सफा गरेर सुधारको संकेत दिने मौका पाएको बेलामा प्रधानमन्त्रीज्यूलाई सबैलाई झुक्याएँ भन्ने लागेको होला। तर, उहाँ आफैँ झुक्किइरहनु भएको छ। मौकाको सदुपयोग नगर्नु भनेको आफैं झुक्किनु हो ।’

    त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामन्त्री अशोक राईको नेतृत्वमा सिफारिस समिति बनाएका थिए । सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार