Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, चालक घाइते

    मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, चालक घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 843
    SHARES

    फाइल तस्विर

    विराटनगर । विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोरङको बूढीगंगा गाउँपालिका–१ की अन्दाजी ६० वर्षीया धनमाया खतिवडा रहेकी छिन् ।



    सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प १२५१ नम्बरको मोटरसाइकलले सोमबार साँझ ५ः३० बजेतिर ठक्कर दिँदा उनको मृत्यु भएको हो ।



    खतिवडालाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा लगिएकोमा उपचारकै क्रममा राति ११ः४५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

    विराटनगर महानगरपालिका–३ दूध फारममा सडक पार गर्दै गर्दा तीव्र गतिमा रहेको मोटरसाइकलले खतिवडालाई ठक्कर दिएको खुलेको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय आशिष श्रेष्ठ पनि घाइते भएका छन् ।

    उनको पनि नोबेलमै उपचार भइरहेको छ । मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार