Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति विश्वास बढ्छ : राष्ट्रपति पौडेल

    पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति विश्वास बढ्छ : राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 360
    SHARES

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनताको विश्वास अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल हुन सक्ने बताएका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको २०७९–८० को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



    उनले जनताको आस्था, विश्वास र धरोहरको केन्द्र न्यायपालिकाले आगामी दिनमा पनि जनविश्वास प्राप्त गर्न सकोस् भन्दै न्याय सस्तो र सर्वसुलभ भई गरिब, असहाय, अशक्त र अल्पसङ्ख्यकहरूको समेत सहज पहुँच हुनुपर्नेमा जोड दिए ।



    न्याय क्षेत्र सुधारका नीति, योजना, प्रतिवेदनलाई पूर्णरूपमा कार्यान्वयनमा लैजान सकेमा कानुनी शासनको प्रत्याभूति हुने कुरा सुनिश्चित गर्न सहज हुने राष्ट्रपति पौडेलको विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार