Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नामिबियाविरूद्ध नेपालले गुमायो सातौं विकेट

    नामिबियाविरूद्ध नेपालले गुमायो सातौं विकेट

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 474
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले आफ्नो सातौं विकेट पनि गुमाएको छ ।

    नेपालका ओपनर कुशल भुर्तेल नामिबियाका रुबेन ट्रम्पलम्यानको एलबिडब्लूको धरापमा पर्दा गोल्डेन डकआउट भए।



    अर्का ओपनर आसिफ शेखले ६ रन मात्र जोड्न सके। कप्तान रोहित पौडेलले २४ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४२ रनको योगदान गरे।



    कुशल मल्लले २१ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे। यस्तै गुल्सन झा ६ बलमा १२ रन जोडेर आउट भएका छन् भने सन्दीप जोराले ५ रन मात्र जोड्न सके।

    लगत्तै विवेक यादव पनि ६ रनमा आउट भए। बलिङमा नामिबियाका ट्रम्पलम्यान, बर्नाल्ड स्कोल्स र जान निकोलले २/२ विकेट लिइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार