Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 336
    SHARES

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका बस्न लागेको हो ।

    संसद् सचिवालयका अनुसार बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।



    त्यस्तै आजको बैठकमा परराष्ट्र नारायण प्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्नेछन् ।



    त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री निता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    आजको बैठकमा अर्थ मन्त्री डा प्रकाश शरण महतले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    साथै उनले यो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार