Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

    नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 507
    SHARES

    काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ।

    नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको हो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।



    ७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए ।



    आरिफ ३१ रनमा आउट भए । सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् ।

    त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए ।

    दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार