Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मन्त्रालय बाँडफाँटलगायतका विषय टुंग्याउन चार सदस्यीय कार्यदल गठन

    मन्त्रालय बाँडफाँटलगायतका विषय टुंग्याउन चार सदस्यीय कार्यदल गठन

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको छ।

    एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव छन् ।



    उनीहरुले कसले कुन मन्त्रालय र कति मन्त्रालय लिने भन्नेबारे टुंगो गर्नेछ। एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितमान तामाङ, रास्वपाबाट डिपी अर्याल मन्त्री बन्ने पक्का भएको छ।



    तर सिट बाँडफाँट र मन्त्रालयको टुंगो लागेपछि मात्र उनीहरु मन्त्रिपरिषद्मा सहभागी हुनेछन् । गठबन्धनभित्रको आन्तरिक छलफलको लागि कार्यदलले सहजीकरण गर्नेछ ।

    त्यस्तै सीट बाँडफाँट र मन्त्रालयको टुंगो लगाई शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने म्याण्डेट कार्यदललाई छ ।

    नयाँ गठबन्धन बनेपछि पहिलो चरणमा आज तीन विनाविभागीय मन्त्रीको शपथको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार