Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीहरुले राजीनामा दिँदै

    कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीहरुले राजीनामा दिँदै

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 384
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

    केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिन लागेको हो।



    आज दिउँसो मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले तयारी गरेको कांग्रेस स्रोतले बतायो ।



    ८ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा कांग्रेसबाट तीन जना मन्त्री रहेका छन् ।

    कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार