Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान

    कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 477
    SHARES

    कर्णाली । कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ।

    प्रदेश प्रमुख तिलक परियारले मन्त्रिपरिषद‌्को सिफारिस अनुसार प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।



    यही फागुन १८ गते कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको थियो ।



    मन्त्रिपरिषद्‌को सिफारिस अनुसार कर्णाली प्रदेश सभाको अधिवेशन यही फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार