Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राष्ट्रियसभा बैठक बस्दै, नयाँ अध्यक्ष चयन हुने

    राष्ट्रियसभा बैठक बस्दै, नयाँ अध्यक्ष चयन हुने

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 267
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः०९ बजे बस्न लागेको हो ।

    आजको बैठकले राष्ट्रियसभा अध्यक्ष चयन गर्दै छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो ।



    अध्यक्षका लागि उमेदवारी दर्ता भइसकेको छ । निर्वाचन प्रक्रियाअन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले र नेपाली कांग्रेसकाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।



    अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।

    यस्तै गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार